एजेन्सी । फिफा विश्वकप फुटबलमा अर्जेन्टिना र क्रोएसियाबीचको खेल सुरु भएको छ । दुई टोलीबीचको खेल नोभगोरोड स्टेडियममा सुरु भएको हो ।
क्रोएसियाविरुद्ध मैदान उत्रिएको अर्जेन्टिनाको लक्ष्य विश्वकपमा पहिलो जित दर्ता गर्नु रहेको छ । यता, क्रोएसिया लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको नकआउट चरणमा पुग्ने लक्ष्य लिएको छ ।
जर्ज साम्पोलीको टिम अर्जेन्टिनाले पहिलो खेलमा आईसल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । क्रोएसियाले भने नाइजेरियालाई २–० ले हराएको थियो ।
विगत हेर्दा, चार पटक दुवै टोलीले भेट गरेका छन् । जसमा अर्जेन्टिनाले दुई, क्रोएसियाले एक खेलमा जित हात पारेको छ । एक खेल बराबरीमा सकिएको छ ।