काठमाडौं । शेर्पा आउटडोरको केटीएम सिटीले काठमाडौंको गोंगबुमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार गणेशस्थान गोंगबुमा नयाँ आउट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
गोंगबुमा खोलिएको केटीएम सिटीको २६ औं आउटलेट हो । नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले नयाँ आउटलेट सञ्चानलाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।
चाँडै देशभरका मुख्य शहरमा आउटलेट सञ्चालनमा ल्याउने कम्पनीको भनाई छ । नयाँ खोलिएको आउटलेटमा सर्वसाधारणले सहज र सर्वसुलभ रुपमा केटीएम सिटीका पछिल्ला उत्पादन प्राप्त गर्न सक्ने केटीएम सिटीले जनाएको छ ।
नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलाउने उद्धेश्यका साथ अघि बढेको केटीएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवा विस्तार गरेको छ ।
पछिल्लो समय केटीएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ ।
केटीएम सिटी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । यस्तै मनाङ मर्स्याङ्दी क्लबको किट प्रायोजक समेत हो ।
त्यसबाहेक केटीएम सिटीले भलिबल, क्रिकेट, ब्याडमिन्टन सहित विभिन्न खेलसँग सहकार्य गर्दै आएको छ ।