एजेन्सी । फिफा विश्वकप फुटबलमा पेरुविरुद्धको खेलमा फ्रान्सले पहिलो हाफमा १ - ० को अग्रता बनाएको छ ।
एकाटेरीङवर्ग एरिनामा फ्रान्सलाई अग्रता दिलाउन केलीयन एमबाप्पेले गोल गरे । खेलको ३४ औं मिनेटमा उनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।
पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २ – १ को संघर्षपूर्ण तरिकाले हराएको थियो । आज पेरुलाई हराएर फ्रान्स नकआउट चरणमा पुग्न चाहन्छ । हार र बराबरीले फ्रान्सलाई अर्को खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।
यता, पेरुलाई जित बाहेक अन्य बिकल्प छैन । पेरुलाई दोस्रो चरण यात्रा गर्न फ्रान्सलाई हराउनु पर्नेछ । डेनमार्कसँगको १ – ० को हारले पेरुलाई गाह्रो बनाएको छ । फ्रान्ससँग पराजित भएमा पेरु अन्तिम खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिन पनि सक्नेछ ।
यो खेलबाट फ्रान्सका गोल किपर तथा कप्तान ह्युगो लोरिसको राष्ट्रिय टोलीका लागि सयौं खेल हुनेछ । कप्तानको रुपमा ७६ औं खेल हुनेछ ।
दुई टोली विश्वकपमा अपरिचित टोली समेत हुन् । आधुनिक विश्वकपमा दुई टोलीले भिडेका छैनन् । सन् १९८२ भएको मैत्रीपूर्ण खेलमा पेरुले फ्रान्सलाई १ – ० ले हराएको थियो । तर, विश्वकपमा फ्रान्स सन् १९७८ बाट दक्षिण अमेरिकी मुलुकसँग हारेको इतिहास छैन ।