काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक 'बी' डिभिजन लिग र राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण आयोजना गर्न क्लबलाई छलफलका लागि बोलाएको छ ।
एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै 'बी' लिग क्लब र महिला लिग क्लबलाई छलफलका लागि डाकिएको जनाएको छ।
एन्फाले 'बी' लिग क्लबलाई पुस २६ र महिला लिग क्लबलाई पुस २७ गते बैठकका लागि डाकेको हो ।
बैठक एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो १ बजे बस्नेछ ।
एन्फाले छलफलका लागि सबै क्लबलाई पत्र पठाईएको जनाएको छ ।
राष्ट्रिय महिला लिगको पहिलो चरण चितवनमा भएको थियो ।
पहिलो चरण सकिदा एपीएफ २१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।