काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब संकटा फुटबल क्लबको अध्यक्षमा फेरि इन्द्रमान तुलाधर निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनबाट तुलाधर दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा राजु मान तुलाधर, चन्द्र मान तुलाधर, राम सुवाल र राजेन्द्र तुलाधर निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा नलिनी देवी सिंह, महासचिवमा रमेश ध्वज बस्नेत, कोषाध्यक्षमा रबि हर्ष बज्राचार्य, सचिवमा आशिष मान सिंह र सह-कोषाध्यक्षमा राजेन्द्र खड्की निर्वाचित भएका छन् ।
महिला सदस्यमा नानी मैया डंगोल, सदस्यमा सुदन बज्राचार्य, आशिष चन्द्र शिख्राकार, रमेश मान तुलाधर, अजय तुलाधर, सन्नी शिख्राकार, कन्हैया बज्राचार्य, विमला तुलाधर, विरेन्द्र महर्जन र सगुन शिख्राकार निर्वाचित भएका छन् ।