काठमाडौं । पहिलो दक्षिण एसियाली मुवाथाई सम्मेलनमा भाग लिन नेपाल मुवाथाई संघका प्रतिनिधि र खेलाडी भारत प्रस्थान गरेका छन् ।
दक्षिण एसियाली मुवाथाई महासंघको आयोजनामा भारतको त्रिपुरा अग्रलतामा डिसेम्बर १५ देखि १७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान गरेको हो ।
सम्मेलनमा दक्षिण एसियाली मुवाथाई महासंघको अधिवेशन, रेफ्री, कोच, सेमिनार लगायत साम फाइट नाईट हुनेछ ।
सो सम्मेलनमा नेपाल मुवाथाई संघका महासचिव सुदिप पण्डित क्षेत्री, महिला प्रतिनिधि तुलसी थापा मगर र खेलाडी योगकुमार थापाले सहभागीता जनाउनेछन् ।
नेपाली टोलीलाई नेपाल मुवाथाई संघका कार्यवहाक अध्यक्ष सम्पन्न श्रेष्ठले सोमबार एक कार्यक्रमका बीच बिदाई गरेका छन् ।
सुदिप पण्डित क्षेत्रीले प्रतिनिधिका साथै रेफ्री सेमिनारमा सहभागीता जनाउनेछन् भने तुलसी थापा मगरले महिला प्रतिनिधि र प्रशिक्षकको रुपमा सहभागीता जनाउनेछिन् । योगकुमार थापा मगरले साम फाइट नाईटको ६७ केजी मुख्य स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
साम फाइट नाईट मेन इभेन्टको विजेता १५ सय अमेरिकन डलर प्राप्त गर्नेछन् ।
सम्मेलनमा सहभागी नेपाली टिमलाई कार्यवहाक अध्यक्ष श्रेष्ठले शुभकामना दिदै कार्यक्रम नेपालको मोवाथाई खेलको विकासमा फलदायी हुने बताएका थिए ।