काठमाडौं । कतार फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा हार व्यहोर्ने पहिलो आयोजक राष्ट्र बनेको छ ।
कतार विश्वकप २०२२ अन्तर्गत आइतबार राति इक्वेडरसँग पराजित भएपछि कतारले उद्घाटनमा हार व्यहोर्ने आयोजकको कीर्तिमान बनाएको हो ।
यस अघि कुनैपनि आयोजक राष्ट्र विश्वकपको उद्घाटन खेलमा पराजित भएको थिएन ।
अल बायत स्टेडियममा इक्वेडरले आयोजक कतारलाई २-० ले हराएको थियो ।
इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरेका थिए ।
यस जितसँगै समूह 'ए' मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ ।
आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।