काठमाडौं । चेल्सी फुटबल क्लबको आधिकारिक समर्थक समूह ‘चेल्सी नेपाल’को कार्निभल शनिबार आयोजना भएको छ ।
काठमाडौं डिल्लीबजारस्थित स्वेफ्टेरिका कलेजमा आयोजना भएको कार्निभल बिहान ११ बजे सुरु भएर साँझ ६ बजे सम्पन्न भएको थियो ।
कार्निभलमा चेस, टेबल टेनिस, बास्केटबल, फिफा लगायतका खेलहरु आयोजना भएको थियो।
कार्निभलमा आयोजित फिफा खेलमा आदर्श श्रेष्ठ विजेता, समिर गुरुङ दोस्रो, चेसमा आमिर शाही पहिलो, आदर्श श्रेष्ठ दोस्रो, टेबल टेनिसमा दिपेश तिमल्सिना पहिलो र गोकर्ण अधिकारी दोस्रो, बास्केटबलमा सजल चन्द्र पौडेल, प्रविन हयांजु, डेन्चेन ढोङ लामा विजेता र सुमित श्रेष्ठ, सुरज कार्की र प्रित अधिकारी उपविजेता बने ।
त्यस्तै म्युजिक, डान्स र डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । त्यसबाहेक कार्निभलमा फुड स्टल, फेस पेन्टिङ, कफी टेस्टिङ र जर्सी बिक्री गरिएको थियो ।
कार्निभलको सहयोगीमा व्हाइट ब्लोसोम बरिस्टा स्कुल, विन्ग्स फ्याक्ट्री, प्रभु पे, यूनिक्याम्पस कन्सल्टेन्सी, स्वेफ्टेरिका कलेज, एक्सप्रेस डिल नेपाल, यूजी केक र चेल्सी नेपाल हङकङ रहेको थियो ।
चेल्सी नेपालका सचिव तथा कार्निभलका संयोजक सलिल श्रेष्ठले कार्निभलमा करिब २ सय ५० जना समर्थकहरु उपस्थित भएको जानकारी गराए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए ।
कार्यक्रममा बोल्दै लामाले विदेशी समर्थक समूहले नेपाली फुटबल क्लबहरुलाई पनि समर्थन गर्नुपर्ने बताए ।
चेल्सी नेपाल नेपालकै सबैभन्दा पुरानो समर्थक क्लब हो। क्लब २००८ मा स्थापना भएको हो। चेल्सी नेपाललाई चेल्सी क्लबले समेत आधिकारिकता दिएको छ। स्थापनाकालदेखि नै क्लबले विभिन्न सामाजिक तथा खेलकुदका कार्यक्रम गर्दै आईरहेको छ।