काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज शनिबार एक खेल हुदैछन् ।
सिड्नीमा हुने खेलमा इंग्ल्यान्ड र श्रीलंका खेल्दैछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो ।
इंग्ल्यान्ड र श्रीलंकाबीचको खेलको नतिजाले आयोजक अष्ट्रेलियाको सेमिफाईनल यात्राको छिनोफानो हुनेछ । प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंकाले इंग्ल्यान्डलाई पराजित गरेमा अष्ट्रेलिया सेमिफाईनल पुग्नेछ । यदी श्रीलंका पराजित भएमा इंग्ल्यान्ड सेमिफाईनलमा पुग्नेछ ।
दुई टोलीबीचको पछिल्लो पाँच टी-ट्वान्टी अन्तराष्ट्रियमा श्रीलंका सबै खेलमा पराजित भएको छ । चार खेलमा प्रतिस्पर्धा गरेका छन् । सुपर १२ को अन्तिम खेल भएकाले दुवै टोली जित सहित प्रतियोगिताको सुपर १२ सक्न चाहन्छन् ।