काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज शनिबार दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा शनिबार एक एक खेल हुँदै छन्।
टियु क्रिकेट मैदानमा हुने खेलमा कर्णाली प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
कर्णाली आफ्नो दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । एपीएफ भने समूह चरणको आफ्नो अन्तिम खेलमा सहज जितका साथ सेमिफाईनलमा स्थान बनाउँन चाहन्छ ।
मुलपानी मैदानमा हुने खेलमा लुम्बिनी प्रदेश र मधेस प्रदेश बीच प्रतिस्पर्धा हुनेछ । यस खेल पनि बिहान ९:३० बजे सुरु हुनेछ।
लुम्बिनी तेस्रो खेलमा दोस्रो जितको खोजिमा रहेको छ । मधेस पनि आफ्नो दोस्रो खेलमा जितको लयलाई कायम राख्न चाहान्छ । यस समूहबाट नेपाल पुलिस क्लब सेमिफाईनल पुगिसकेको छ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।