काठमाडौं । अफगानिस्तानका कप्तान मोहम्मद नाबीले पदबाट राजीनामा दिएका छन् ।
अष्ट्रेलियामा जारी टी-ट्वान्टी विश्वकपमा शुक्रबार घरेलु टोलीसँग पराजित भएपछि नाबीले कप्तानबाट राजीनामा दिएका हुन् ।
विश्वकपमा अफगानिस्तान जित विहीन रह्यो । अफगानिस्तानले ५ खेलमा ३ हार र दुई नतिजा विहीनको नतिजा निकाल्यो।
अफगानिस्तान समूह १ को पुछारमा रह्यो । अफगानिस्तान जित विहीन बाहिरिने एक्लो टोली रह्यो ।
नाबीले विश्वकप अघि अफगानिस्तानको कप्तानी सम्हालेका थिए ।
३७ वर्षीय नाबीको कप्तानीमा २३ खेल खेल्दा १० जित र १३ हार निकाल्यो ।