काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टोली एपीएफ र गण्डकी प्रदेशबीचको खेल 'टाइ' भएको छ ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको एपीएफ र गण्डकीबीचको रोमान्चक खेल 'टाइ' भएको हो ।
खेल 'टाइ' भएसँगै एपीएफ र गण्डकीले एक एक अंक बाडेका छन् ।
एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै १ सय १५ रन बनायो ।
गण्डकीका लागि अविशेक बस्नेतले २४ रन बनाए । अर्जुन कुमालले १८ रन जोड्दा कप्तान विपिन खत्रीले १७ रन बनाए । कमल परियार ११ रनमा आउट भए ।
एपीएफका मौषम ढकाल र किशोर महतोले ४/४ विकेट लिए । भुवन कार्कीले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय १५ रन बनाएको थियो।
एपीएफका लागि भुवन कार्कीले अविजित रहदै सर्वाधिक २४ रन बनाए ।
पुरण बिकले २३ रन जोडे । लोकेश बम र सन्दीप जोराले समान २२/२२ रन बनाए ।
अमर रौटेला १३ रन जोडे । कप्तान शरद भेषवाकर ३ रनमा आउट भए ।
एपीएफलाई सस्तैमा समेट्न गण्डकीका अर्जुन कुमाल र अमृत गुरुङले ३/३ विकेट लिए । सुबाश भण्डारीले २ विकेट लिए ।
यस खेलपछि समूह ए मा रहेको एपीएफले ३ खेलमा ५ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा रहेको छ ।
गण्डकी ३ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।