काठमाडौं । न्युजिल्याण्ड आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत शुक्रबार अफगानिस्तानविरुद्ध घरेलु टोली अष्ट्रेलियाले १ सय ५८ रन जोड्न नसकेपछि न्युजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
न्युजिल्याण्डले लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो ।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अफगानिस्तानविरुद्ध १ सय ६८ रन मात्र बनाएको थियो ।
न्युजिल्याण्डले शुक्रबार नै आयरल्याण्डलाई ३५ रनले हराउँदै तेस्रो जित निकालेको थियो ।
न्युजिल्याण्ड समूह १ को शीर्ष स्थानमा रहेको छ ।
न्युजिल्याण्डले ५ खेलबाट ७ अंक जोडेको छ ।
अष्ट्रेलिया ४ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा छ ।