जमानले विश्वकपको बाँकी खेल गुमाउने
बिहिबार, कार्तिक १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानका ब्याट्सम्यान फखर जमानले टी-ट्वान्टी विश्वकपको बाँकी खेल गुमाउने भएका छन् ।
घुँडाको चोटको कारण जमानले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा जमानले चोट बोकेका थिए ।
पाकिस्तानले जमानको स्थानमा मोहमद हरिसलाई टिममा बोलाएको छ ।
विश्वकपको महत्वपूर्ण खेलमा आज पाकिस्तानले दक्षिण अफ्रीकासँग खेल्दैछ ।
जमानले विश्वकपको बाँकी खेल गुमाउने






%20(1)-1763645320295.jpeg&w=3840&q=75)







