काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशमाथि जित निकालेको छ ।
अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डीएल पद्दतिको आधारमा ५ रनले हराएको हो ।
भारतले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।
बंगलादेशले जवाफी ब्याटिङ गरिरहदा वर्षाले प्रभावित गरेपछि खेल १६ ओभरमा झारिएको हो । र, बंगलादेशले नयाँ लक्ष्य पाएको थियो ।

बंगलादेशका लिटोन दासले ६० रनको अर्धशतकीय इनिङ खेले । नाजमुल होसेनले २१ रन जोड्दा कप्तान शकिब अल हसनले १३ रन बनाए ।
नुरुल हसन २५ तथा तास्किन अहमेद १२ रनमा अविजित रहे ।

भारतका अर्शदिप सिंह र हार्दिक पाण्डयले २/२ विकेट लिए । मोहमद शामीले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले अविजित रहदै ६४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै केएल राहुलले ५० रनको अर्धशतकीय इनिङ खेले ।

सूर्यकुमार यादवले ३० रन बनाए ।
बंगलादेशका हसन ममुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए ।
भारतको यो तेस्रो जित हो ।

जितसँगै भारतले ४ खेलमा ६ अंक जोडेको छ ।
भारत समूह २ को शीर्ष स्थानमा उक्लिएको छ ।
बंगलादेश ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।