काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी टी-ट्वान्टी अलराउन्डर वरीयतामा खस्किएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान घटेको छ ।
नयाँ वरीयतामा दीपेन्द्र १३ औं स्थानमा झरेका छन् । यस अघि उनी १२ औं स्थान रहेका थिए ।
ब्याटिङतर्फ कुशल भुर्तेल यस अघिकै ५३ औं स्थानमा यथावत रहेका छन् । दीपेन्द्रको ब्याटिङ वरीयता भने ५८ औं स्थानमा यथावत रहेको छ ।
बलिङतर्फ सन्दीप लामिछाने भने ७४ औं स्थानमा रहेका छन् ।
टी-ट्वान्टी वरीयता नेपाल १६ औं स्थानमा रहेको छ ।
एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ ।
ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् ।
बलिङमा अफगानिस्तानका रशिद खान शीर्ष स्थानमा रहदा अलराउण्डर तर्फ भने शाकिब अल हसन शीर्ष स्थानमा रहेका छन् ।