काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज बुधबार दुई खेल हुँदैछन् ।
र्कितिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा एक एक खेल आयोजना हुँदै छन्।
टियु क्रिकेट मैदानमा हुने खेलमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
सोमबार नै मुलपानी मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । यस खेल पनि बिहान ९:३० बजे सुरु हुनेछ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।
समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ ।
हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।