काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई हराएको छ ।
अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई २० रनले हराएको हो ।
इंग्ल्यान्डले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।
न्युजिल्याण्डका ग्लेन फिलिप्सले ६२ रनको अर्धशतकीय इनिङ खेले ।
कप्तान केन विलियम्सनले ४० रन जोड्दा फिन एलनले १६ रन जोडे । मिचेल स्टानर १६ रनमा अविजि रहे ।

इंग्ल्यान्डका साम करन र क्रिस वोक्सले २/२ विकेट लिए । मार्क उड र बेन स्टोक्सले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि कप्तान जोस बट्लरले ७३ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै एलेक्स हलेसले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा लियाम लिभिङ स्टोनले २० रन बनाए ।

न्युजिल्याण्डका लक्की फर्गुसनले २ तथा टिम साउथी,मिचेल स्टानर र इश सोधीले १/१ विकेट लिए ।
यस जितसँगै इंग्ल्यान्डले ४ खेलमा ५ अंक जोडेको छ ।
इंग्ल्यान्ड समूह १ को दोस्रो स्थानमा उक्लिएको छ ।
न्युजिल्याण्ड ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।