काठमाडौं । प्रदेश-१ ले पीएम कप एकदिवसीय पुरुष क्रिकेटमा पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार बागमती प्रदेशलाई ६९ रनले हराउँदै प्रदेश-१ ले पहिलो जित निकालेको हो ।
प्रदेश-१ ले दिएको ३ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले ४५ ओभर ५ बलमा अलआउट हुँदै २ सय ३५ रन मात्र बनाउन सक्यो ।
बागमतीका लागि नन्दन यादवले ४३ रन बनाए । इशान पाण्डेले ३५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडे ।
यस्तै रामनरेश गिरिले अबिज्जित २८ तथा दुर्गेश थापाले २६ रन बनाए ।
प्रतिष जिसी १२ रनमा आउट भए ।
प्रदेश-१ का सर्वन यादवले ३ विकेट लिए । यस्तै फिर्दोस अन्सारी, दीपक जोशी र सिदान्त लोहनीले २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ४९ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ४ रन बनाएको थियो ।
प्रदेश-१ का लागि अंकित सुवेदीले १ सय १० रनको शतकीय इनिङ खेले । उनले १ सय ३४ बलमा १२ चौका र १ छक्का प्रहार गरे ।
अंकित जारी प्रतियोगितामा शतक बनाउने दोस्रो खेलाडी हुन् ।
कप्तान सिद्दान्त लोहनीले ७२ रनको अर्धशतकीय इनिङ खेले । विवेक आनन्द मेहेताले ३० रन जोड्दा सोनु अन्सारीले १९ रन बनाए । सर्वन यादवले ११ रन जोड्दा निरज मुखिया १० रन आउट भए ।
फिर्दोश अन्सारी १० रनमा अविजित रहे ।
बागमतीका रामनरेश गिरिले ५ विकेट लिए । नन्दन यादव, सुर्य तामाङ, प्रतिष जिसी र इशान पाण्डेले १/१ विकेट लिए।
यस जितसँगै समूह 'बी' प्रदेश-१ ले २ खेलमा २ अंक जोडेको छ ।
प्रदेश-१ दोस्रो स्थानमा रहेको छ ।
बागमती प्रदेशको यो लगातार दोस्रो हार हो ।
अंक विहीन बागमती पुछारमा रहेको छ ।