काठमाडौं । नेपाली खेलकुद जगतकी सफल खेलाडी तेक्वान्दो खेलाडी संगीना वैद्यलाई नेपाल मगर संघ, शाखा युएईले सम्मान गरेको छ ।
बैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी खेलाडी वैद्यलाई नेपाल मगर संघ, शाखा युएईद्वारा आयोजित बलिहाङ पर्बको शुभ अवसरमा देउसी भैलो, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नेपाली खेलकुद जगतकी सफल खेलाडी एबम एसियन च्याम्पियन तथा ओलम्पियन संगिना वैद्यलाई सम्मान गरेको हो।
वैद्यलाई कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष बिजया लक्ष्मी राईले सम्मान पत्र हस्तान्तरण गरेकी हुन। उनलाई बिदेशी भुमिमा समेत पंञ्चे बाजा सहित भब्य स्वागत गरिएको थियो।
नेपाल मगर संघ, शाखा युएईकी कार्यबाहक अध्यक्ष मनु गाहा मगरले कार्यक्रममा बोल्दै वैद्यले नेपालमा खेलकुद क्षेत्रको विकास र बिस्तारमा दिनुभएको अतुलनीय योगदान र नेपालको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च पार्न अहम भुमिका निर्वाह गर्नु भएकोले उहाँको खेल जिबनको उच्च मुल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको बताए।
त्यसैगरी संघका महासचिव नयन घर्ती मगरले नेपाली खेलकुद जगतकी सफल खेलाडी एबम प्रशिक्षक तथा राष्ट्रको लागि योगदान गर्दै देशलाई विश्व सामु चिनाउन सफल संगिना वैद्य लाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गरेका छन।