काठमाडौं । न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि भारतले टोलीको घोषणा गरेको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले हार्दिक पाण्डय र शिखर धवनको कप्तानीमा टोलीको घोषणा गरेको हो।
पाण्डयले टी-ट्वान्टीको कप्तानी गर्दा धवनले एकदिवसीयको कप्तानी गर्ने छन् ।
न्युजिल्याण्डविरुद्धको सिरिजमा रोहित शर्मा, विराट कोहली र केएल राहुललाई बिश्राम दिईएको छ ।
भारतले न्युजिल्याण्डसँग तीन खेलको टी-ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

