काठमाडौं । भारतले घरेलु टोली बंगलादेशविरुद्धको एकदिवसीय र टेस्ट सिरिजका लागि टिम घोषणा गरेको छ ।
भारतीय क्रिकेट सर्वोच्च निकाय बीसीसीआईले रोहित शर्माको कप्तानीमा एकदिवसीय र टेस्ट टोलीको घोषणा गरेको हो।
भारतले घोषणा गरेको टोलीमा रविन्द्र जडेजाले पुनरागमन गरेका छन् ।
घुँडाको शल्यक्रियापछि उनी टोलीमा थिएनन् ।

भारतले बंगलादेशसँग तीन खेलको एकदिवसीय र दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय डिसेम्बर ४ मा हुँदा पहिलो टेस्ट डिसेम्बर १४ मा सुरु हुनेछ ।
