काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले दोस्रो जित निकालेको छ ।
ब्रिसबेनमा सोमबार भएको खेलमा आयरल्याण्डलाई ४२ रनले हराउँदै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
आयरल्याण्डका लागि लोर्कान टुकरले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै ग्यारेथ डेलानीले १४ तथा पाउल स्ट्रर्लिङ र मार्क एडीएरले ११/११ रन बनाए ।
अष्ट्रेलियाका प्याट कमिन्स, ग्लेन म्याक्स्वेल, मिचेल स्टार्क र एडम जाम्पाले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ६३ रनको अर्धशतकीय इनिङ खेले । मार्कुस स्टोइनिसले ३५ तथा मिचेल मार्शले २८ रन बनाए ।

टिम डेभिड अविजित १५ तथा ग्लेन म्याक्सवेलले १३ रन बनाए ।
आयरल्याण्डका लागि बारी म्याककार्थीले ३ तथा जोश लिटलले २ विकेट लिए ।
जितसँगै अष्ट्रेलिया समूह १ को दोस्रो स्थानमा उक्लिएको छ ।
अष्ट्रेलियाले ४ खेलमा ५ अंक जोडेको छ ।
आयरल्याण्ड ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।