काठमाडौं । नेपाल भ्रमणमा रहेको एमसीसी वुमन्सले टी-ट्वान्टीमा नेपालको मिक्स-११ महिला टोलीलाई हराएको छ ।
पोखरा किकेट रंगशालामा आइतबार भएको खेलमा एमसीसीले मिक्स-११ लाई १० विकेटले हराएको हो ।
मिक्स-११ ले दिएको ६७ रनको लक्ष्य एमसीसीले बिना विकेटको क्षतिमा पूरा गर्यो ।
एमसीसीका लागि ए व्ह्येब्रोले अविजित ३० रन जोडिन् । यस्तै आर पोटरले अविजित २९ रन बनाईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको मिक्स-११ ले अलआउट हुँदै ६६ रन जोडेको थियो ।
मिक्स-११ का लागि अन्जलीले २४ तथा सोनुले १५ रन जोडिन ।
एमसीसीकी जो फोस्टरले ३ तथा एब्बी र साराले २/२ विकेट लिए ।