काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २ सय २० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय १९ रन बनायो ।
एपीएफका लागि प्रदिप ऐरी र सन्दीप जोराले अर्धशतकीय इनीङ खेले ।
प्रदिपले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रन बनाए । सन्दीपले ६२ बलमा ६ चौकासहित ५० रन बनाए ।
यस्तै भुवन कार्कीले २६ रन जोड्दा कप्तान शरद भेषवाकरले १६ रन बनाए । अमर रौटेला १० रनमा अविजित रहे ।
आर्मीका बिक्रम सोबले ४ विकेट लिए ।
शाहब आलम र कुशल मल्लले २/२ विकेट लिए ।