काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई जितका लागि २ सय ९० रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा दीपेन्द्र सिंह ऐरीको शतकसँगै पुलिसले बागमतीलाई बलियो लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनायो ।
पुलिसका लागि दीपेन्द्रले १ सय ८ रनको शतकीय इनीङ खेले । उनले ८२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए ।
योगेन्द्र सिंह कार्की १६ रनमा आउट भए ।
पवन सर्राफ १५ रनमा अविजित रहदा दिलीप नाथले अविजित १२ रन जोडे ।
बागमतीका नन्दन यादबले २ विकेट लिए । रामनरेश गिरी, सुर्य तामाङ र सोनु देबकोटाले १/१ विकेट लिए ।