काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले शतक बनाएका छन् ।
मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्ध दीपेन्द्रले शतकीय इनीङ खेलेका हुन् ।
दीपेन्द्रले ७७ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १०० रन पूरा गरे ।
जारी पीएम कपमा श्कत बनाउने दीपेन्द्र पहिलो खेलाडी बने ।