काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो दिन दुई खेलहरु हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । यस खेल पनि बिहान ९:३० बजे सुरु हुनेछ ।
कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
क्यानले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।
समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ ।
हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्।
यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।
हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् ।
प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रहेको क्यानले जनाएको छ । जसमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ६० लाख उपलब्ध गराउने क्यानले जनाएको छ ।