काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले सहज जित निकालेको छ ।
सिड्नीमा शनिबार न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको हो ।
न्युजिल्याण्डले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय २ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि कप्तान डसुन शनकाले सर्वाधिक ३५ रन जोडे । भानुका राजपाक्षेले ३४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।
श्रीलंकालाई सस्तैमा रोक्न न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए । मिचेल स्टाननरले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन जोडेको थियो ।
न्युजिल्याण्डका ग्लेन फिलिप्सले १ सय ४ रनको शतकीय इनीङ खेले । द्र्याल मिचेलले २२ तथा मिचेल स्टाननरले अविजित ११ रन बनाए ।

श्रीलंकाका लागि कसुन राजिथाले २ विकेट लिए ।
न्युजिल्याण्डको यो दोस्रो जित हो ।
जितसँगै समूह १ मा रहेको न्युजिल्याण्डले ३ खेलमा ५ अंक जोडेको छ ।
न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ ।
श्रीलंका २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।