काठमाडौं । क्यान-११ महिला टोलीले ४० ओभरको खेलमा एमसीसी वुमन्सलाई हराएको छ ।
पोखरा किकेट रंगशालामा शनिबार क्यान-११ ले २ विकेटको जित निकालेको हो ।
एमसीसीले दिएको १ सय १४ रनको लक्ष्य क्यान-११ले ३४ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
क्यान-११ का लागि नेरी थापाले अविजित ३३ रन जोडिन । अश्मिना कर्माचार्यले अविजित १८ रन जोडिन ।
त्यस्तै कविता कुँवरले १६ रन जोड्दा रुबिना क्षेत्रीले १३ रन जोडिन ।
एमसीसीका रिया राभेल र रचेल पोटरले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले ४० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन जोडेको थियो ।
एमसीसीका जेनीले २१ रन जोड्दा क्लेरी टेलरले २० रन जोडिन ।
अमन्डाले १६ रन जोडिन भने एलिसाले १३ रन जोडिन ।
क्यान-११ का सीता राना मगर र रुबिना क्षेत्रीले ३/३ विकेट लिईन् ।
खेलमा नेरी थापा प्लेयर अफ द म्याच घोषित भईन् ।