काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा न्युजिल्याण्डका ग्लेन फिलिप्सले शतक बनाएका छन् ।
सिड्नीमा जारी खेलमा फिलिप्सले १ सय ४ रनको शतकीय इनीङ खेलेका हुन् ।
फिलिप्सले ६४ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा उनको यो दोस्रो शतक हो ।
फिलिप्सको शतकमा न्युजिल्याण्डले श्रीलंकालाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।