काठमाडौं । गोदावरीको पर्यटकीय प्रबर्द्धन गर्ने उद्धेश्यका साथ आगामी बुधबार साइक्लोथोन हुने भएको छ ।
गोदावरी उद्योग वाणिज्य संघले गोदावरी नगर भित्रको प्राकृतिक, धार्मिक र सांस्कृतिक स्थलको प्रबर्द्धन गर्न कात्तिक ९ गते साइक्लोथोनको आयोजना गरेको हो ।
आईतबार नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनको योजना गरेर कार्यक्रमबारे जानकारी दिईएको छ ।
समृद्ध गोदावरी निर्माण अभियान अन्तर्गत संघले गोदावरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न साइकलमार्गका सुभारम्भ गर्न लागिएको पत्रकार सम्मेलनमा जारी दिएको छ ।
साइक्लोथोनमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त स्वदेशी तथा विदेशी ३ सय साइकल यात्री सहभागी हुने बताईएको छ ।
साइकल यात्रा गोदावरी नगरपालिकाको प्रशासकीय भवन बज्रबाराहीबाट सुरु भएर नगरपालिकाका १४ वटै वडाको परिक्रमा गर्नेछ । साइकल यात्राको दुरी ५० किलोमिटर हुने आयोजकले जानकारी दिएको छ ।
सबै वडा कार्यालय लगायत स्थानीय बासिन्दाले साइकल यात्राको दौरान आ आफ्नो मौलिकता झल्काउने गरि भब्य स्वागत गरिने गोदावरी वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले बताए ।
'सहभागी सबैको दुर्घटना बीमा गरेका छौंं । सहभागीलाई बिहानी नास्ता, दिवा खानाको समेत व्यवस्था छ । सहभागी यात्रीलाई पदमार्गमा स्थानीयले भब्य स्वागत गर्ने गरि तयारी गरेका छौं ।' महर्जनले भने ।
यस कार्यक्रमलाई गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको हो भने गोदावरी नगरपालिकाले यसलाई सहयोग गरेको छ ।
नेपाल पर्यटन बोर्डले यस कार्यक्रममा सहकार्य गरेको संघका अध्यक्ष महर्जनले जानकारी दिए ।