पोखरा । कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनामा आयोजना हुने भएको छ ।
पोखरामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकले आगामी संस्करणको प्रतियोगितामा २०८१ सालको मंसिरमा गर्ने निर्णय गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जारी छ ।
पोखरा रंगशालामा बिहीबार नवौंको समापन समारोहमा राष्ट्रिय झण्डा कर्णालीलाई हस्तान्तरण गरिनेछ ।