काठमाडौं । आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज सोमबार दुई खेलहरु हुँदैछ ।
होवार्टमा आइतबार पहिलो राउण्ड अन्तर्गत समूह 'बी' का दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा स्कटल्याण्ड र वेस्ट इण्डिज खेल्दै छन् । बेरिलिभ ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ ।
स्कटल्याण्ड आफ्नो पाँचौं विश्वकप खेल्दै छ । पूर्व च्याम्पियन वेस्ट इण्डिज भने हरेक विश्वकपमा सहभागी रहदै आएको छ । यि दुई टोली टी-ट्वान्टी अन्तराष्ट्रियमा पहिलो पटक खेल्दै छन् ।
सोमबार नै हुने दोस्रो खेलमा समूह 'बी' का जिम्बाबे र आयरल्याण्ड खेल्दै छन् । बेरिलिभ ओभलमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ ।
आयरल्याण्ड आफ्नो सातौं टी-ट्वान्टी विश्वकप खेल्दै छ । जिम्बाबेले यसपटक छैठौं विश्वकप खेल्दै छ । यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा तीन पटक आयरल्याण्डले जित हात पार्दा दुई खेल जिम्बाबेले जितेको छ ।
यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।
पहिलो राउण्डको समूह 'ए' मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।
दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६र६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ ।
दुई समूहका शीर्ष २/२ टोली सेमिफाईनलमा पुग्ने छन् । सुपर १२ को समूह एकमा अष्ट्रेलिया,न्युजिल्याण्ड,अफगानस्तान,इंग्ल्याण्ड,पहिलो राउण्ड समूह 'ए' को बिजेता र पहिलो राउण्ड समूह 'बी' को उपबिजेता रहनेछन् ।
समूह दुईमा भारत,पाकिस्तान,दक्षिण अफ्रिका,बंगलादेश,पहिलो राउण्ड समूह 'बी' को बिजेता र पहिलो राउण्ड समूह 'ए' को उपबिजेता रहने छन् ।
यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।