पथरी । पथरीशनिश्चरे प्रिमियर लिग अन्तर्गत शनिबार मंगलबारे लिजेण्डमाथी ५ बिकेटको जित निकाल्दै क्लासिक एलाभेन हसहन्द र आइतबारे अस्त्रमाथी २४ रनको जित निकाल्दै सातबाघले प्ले अफ खेल्ने सम्भावनालाई जिवित राखेको छन् ।
पहिलो खेलमा मंगलबारेले दिएको ११७ रनको लक्ष्यलाई हसहन्दले १९ ओभर २ बलमा ५ बिकेट गुमाउदै पुरा गर्यो ।
हसन्दहका लागी संजिव धिमालले ४५ रन बनाए भने देवेन्द्र थापाले ११ रन बनाए । मंगलबारेका योगेश श्रेष्ठ डिकेन थापा अभिषेक बिक रोहन गहतराज र राकेश दाहालले १/१ बिकेट लिए ।
त्यस अघि ब्याटिङ गरेको मंगलबारेले २० ओभर खेल्दै ८ बिकेट गुमाएर ११७ रन बनायो । मंगलबारेका योगेश श्रेष्ठले ३२ चित्र मगरले २५ र निकेश बस्नेतले २१ रन बनाए । हसन्दहका संन्जिव धिमालले ३ बिकेट सुजन खत्री बुद्ध आले र निशान ढकालले १/१ बिकेट लिए ।
खेलको म्यान अफ दि म्याच संन्जिव धिमाल घोषित भए ।
दोश्रो खेलमा सातबाघ बिजयी भयो ।
२० ओभर खेल्दै ८ बिकेट गुमाउदै १०८ रन बनायो ।आइतबारे अस्त्रका आदर्श कार्कीले ४१ सौगात कोइरालाले १३ र द्रोण जंग बस्नेतले १३ रन बनाउन बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन ।
सातबाघका दिप दिप सुबेदीले ३ आस्विन महतले २ तथा केलिन राई र दिपेश भन्डारीले १/१ बिकेट लिए ।
त्यस अघि ब्याटिङ गरेको सातबाघले २० ओभरमा ८ बिकेट गुमाएर १३२ रन बनायो ।
सातबाघका रहर लामाले अर्धशतकीय पारी खेले । लामाले ६७ रन बनाए । पुकार राईले ३१ र दिपेश भन्डारीले १४ रन बनाए ।
आइतबारे अस्त्रका आदर्श कार्की र फडिन्द्र पौडेलले २/२ बिकेट लिदा संन्जय मुर्मुले १ बिकेट लिए ।
लामा म्यान अफ दि म्याच घोषित भए ।
लिग अन्तर्गत आइतबार रोयल किङबिरुद्ध बुद्ध युनाइटेड र हिसाब किताब ट्राइडेन्स र बिरेन्द्रनगर स्टिल टाइगरबीच हुनेछ ।