पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भारोत्तोलन प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको हलमा हुने प्रतियोगितामा १० टिमले भाग लिंदैछन् । प्रतियोगितामा एनआरएनको सहभागिता छैन ।
महिला र पुरुष दुवैतर्फ गरी १०÷१० इभेन्टमा हुने प्रतियोगिता कात्तिक २ सम्म चल्नेछ । जसमा करिब १ सय ७५ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन् ।
शनिबारदेखि नै हुने तय भए पनि प्राविधिक कमजोरीले तयारी पूरा हुन नसकेको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । खेलका लागि अवाश्यक प्लेटफर्म सेट गरिएको छ । आइतबार बिहानमात्र खेल राखेप सदस्यसचिव टंकमान घिसिङले उद्घाटन गर्ने कार्यक्रम छ ।
खेलका लागि विभिन्न टिमका खेलाडी पोखरा आइसकेका छन् । भारोत्तोलन राष्ट्रिय खेलकुदमा पहिलो संस्करणदेखि नै समावेश छ ।
अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपालले धेरै पदक जित्ने खेलमा भारत्तोलन पर्दछ । १३ औं सागमा नेपालले २ स्वर्ण, २ रजत र १६ कास्य जित्न सफल भएको गण्डकी प्रदेशका प्रशिक्षक बखतमान श्रेष्ठले जानकारी दिए ।