काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिए लगत्तै राष्ट्रिय टिम तयारीको काम अघि बढ्ने बताएका छन् ।
पर्वतको कुश्मामा कँराते खेलको उद्घाट सत्रलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले नवौं लगत्तै राष्ट्रिय टिमको तयारी अघि बढ्ने बताए ।
उनले आफु सदस्य सचिवमा आए लगत्तै विभिन्न खेलका राष्ट्रिय टिमको तयारी अघि बढाएको उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुदलाई हेरेर खेलाडीलाई प्रदेश र विभागमा दिईएको बताए ।
'परिषदको नेतृत्वमा आउने बित्तिकै विभिन्न खेलको राष्ट्रिय टिमको तयारी सुरु भएको थियो ।' घिसिङले भने, 'नवौं सकिएको केही दिनमै राष्ट्रिय टिमको तयारी अघि बढ्ने उद्घोष गर्न यहाँ आएको हु ।'
उनले राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीका लागि आयोजना गरिएको उल्लेख गर्दै अन्तराष्ट्रिय स्तरमा सफलता हासिल गर्ने उद्धेश्य सहित तयार रहन खेलाडीलाई आग्रह गरे ।
उनले राष्ट्रिय खेलकुदलाई खेल पदाधिकारी र राजनीतिक दलले आफ्ना लागि उपयोग गर्ने गरेको उल्लेख गर्दै सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद खेलाडीका लागि आयोजना गरिएको दाबी गरे ।