गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला तथा महिला तर्फको दोस्रो र तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भएको छ ।
खुल्ला क्लासिकल इभेन्ट तर्फको तेस्रो चरणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवालको अग्रता कायमै रहेको छ । उनले क्लासिकल इभेन्टको तेस्रो चरण सकिदासम्म ३ अंक जोड्न सफल भएका हुन् । प्रतियोगितामा बाग्मती प्रदेशका आशिष फुया्लले पनि ३ अंक जोड्न सफल भएको निर्णायक दिपेश गिरीले जानकारी दिए ।
त्यस्तै नेपाल प्रहरीका क्षितिज भण्डारीले पनि तेस्रो चरणसम्म आइपुग्दा ३ अंक जोडेका छन् भने त्रिभुवन आर्मी क्लबका सजिन महर्जनले २ दशमलव ५ अंक जोडेका उनले बताए । प्रतियोगिता अन्र्तगत महिला क्लासिकल इभेन्टको तेस्रो चरण सम्पन्न हुदाँ त्रिभुवन आर्मी क्बलकी सुजना लोहनी, प्रदेश नम्बर १ की खेलाडी खुस्बु थापाले अग्रता लिएका छन् ।
लोहनीले तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भईसक्दा ३ अंक जोडेका छन् । त्यस्तै प्रदेश नम्बर १ की खेलाडी थापाले पनि अंक ३ प्राप्त गरेका छन् । प्रतियोगितामा गण्डकी प्रदेशकी पुजा भण्डारीले ३ अंक जोड्दै आफूलाई बलियो दावेदारीको रुपमा प्रस्तुत गरेका छन् । प्रदेश नम्बर १ की कृतिसारा अधिकारीले २ दशमलव ५ अंक जोड्नु भएको निर्णायक गिरीले जानकारी दिए ।
प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत आज क्लासिकल इभेन्ट अन्तर्गत चौथो र पाचौँ चरणको खेल भइरहेको उनले जानकारी दिए । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान तथा राष्ट्रिय खेलकुद प्ररिषद्को आयोजना तथा गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारदेखी गोरखा सदरमुकाममा बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।
गोरखा नगरपालिका ५ स्थित हिलेपोखरीमा रहेको गोरखा क्याम्पस परिषरमा जारी प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तरगत पाँच दिन क्लासिकल, दुई दिन ¥र्यापिड र एक दिन बिल्च इभेन्टमा प्रतिस्पर्धा हुदैछ ।