काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले महिला यू–१९ क्रिकेट छात्रवृत्ति कार्यक्रमका लागि नेपाललाई छनोट गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसीको कार्यक्रम अक्टुबर २३ देखि २९ सम्म काठमाडौं र पोखरामा सञ्चालन हुने जनाएको छ ।
जस अनुसार इंग्ल्याण्डको एमसीसीले नेपालको भ्रमण गर्ने छ र नेपाल प्रेसिडेन्ट ११ र नेपाल इमर्जिङ टिमसँग ३ वटा टी–ट्वान्टी खेल खेल्ने छ ।
यो कार्यक्रम अन्तर्गत नेपालका कृतिका मरासिनी, आशमा पुलामी मगर र सृष्टि जैशी सहित कतार, भुटान, यूएई र मलेसियाका १३ जना खेलाडीले पाकिस्तानी प्रशिक्षकसँग सिप विकास सम्बन्धि तालिम पाउने छन् ।
गत जुनमा मलेसियामा भएको यू–१९ महिला विश्वकप छनोटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट भएको आईसीसीले जनाएको छ ।
