काठमाडौं । भारतले श्रीलंकालाई पराजित गरि सातौं पटक एसिया कपको उपाधि जितेको छ । भारतसँग पराजित श्रीलंका पाँचौं पटक उपबिजेतामा सिमित भएको छ ।
बंगलादेशको सिलेट अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा श्रीलंका ८ विकेटले पराजित भएको हो । श्रीलंकाले दिएको ६६ रनको लक्ष्य भारतले ८ दशमलब ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
भारतलाई आठौं संस्करणमा च्याम्पियन बनाउँन स्मिृती मन्धनाले अविजित रहेर ५१ रनको अर्धशतकीय पारी खेलिन् । कप्तान हरमनप्रित कौरले ११ तथा शफाली बर्माले ५ रन बनाईन् ।
श्रीलंकाका लागि कभिसा दिलहरि र इनोका रुनावाराले समान १/१ विकेट लिए । त्यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ६५ रन बनाए ।
श्रीलंकाका लागि इनोका रुनावाराले अविजित १८ रन बनाईन् । ओशडी रानासिंगाले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
भारतका लागि रेनुका सिंहले ३ तथा राजेश्वरी गायकवाड र स्नेहा रानाले समना २/२ विकेट लिए ।