पथरी । पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटमा हिसाव किताब ट्राइडेन्स र रोयल किङ बिजयी भएका छ्न् ।
बुधबार वर्षाबाट प्रभावित भएर ओभर घटाएर खेलाइएको खेलमा हिसाब किताबले मंगलबारे लिजेन्डलाई र रोयल किङले आइतबारे अस्त्रलाई हराएका हुन् ।
मंगलबारेले टस जितेर फिल्डिङ रोजे पछि हिसाब किताबले ७ बिकेट गुमाएर ५६ रन बनायो । टिमका लागि सुरज खडकाले ब्याक्तिगत ४५ रनको योगदान गरे ।
मंगलबारेका योगेश श्रेष्ठले ३ तथा राकेश दाहाल र रोहन गहतराजले २-२ बिकेट लिए ।
६ ओभरमा घटाइएको खेलमा ५७ रनको लक्ष्य मंगलबारेले भेटाउन सकेन । ५४ रनमै ओभर सकिएपछि टिमले २ रनको हार ब्योहोर्यो ।
मंगलबारेका लागी रोहत गहतराजले नटआउट २८ रन बनाए । योगेश श्रेष्ठले १० जोडे । हिसाब किताबका नेल्सन दंगालले २ तथा सुरज खड्काले १ बिकेट लिए ।

दोश्रो खेलमा आइतबारे अस्त्रमाथी रोयलले ८८ रनको जित निकाल्यो । रोयलका भुपेन राई र पाबेल राईले अर्धशतक बनाए । भुपेन ७१ र पाबेल ६२ रन बनाएर आउट भए ।
आइतबारेका आदर्श कार्किले २ तथा संजय मुर्मुले १ बिकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको आइतबारे ५४ रनमा समेटियो । आइतबारेलाई सस्तैमा समेटन बिश्व बस्नेत र पाबेल राईले ३-३ तथा महेश कार्कीले २ बिकेट लिए ।
आइतबारेका कुनै खेलाडिले दोहोरो रन बनाउन सकेनन् । पुस्कर राईले ९ रन बनाए ।
पाबेल राई म्यान अफ दि म्याच घोषित भए । आइतबारेको यो लगातार तेश्रो हार हो भने रोयलको दोश्रो जित हो ।
बिहिबारको पहिलो खेल सातबाघ र बिरेन्द्रनगर स्टिल टाइगर र दोश्रो खेल बुद्ध युनाइटेड र क्लासिक एलाभेन हसहन्दबीच हुनेछ ।
कार्तिक ३ गते सम्म चल्ने प्रतियोगितामा नगर भित्रका ८ फ्रेन्चाइज टिम सहभागि छ्न् ।