काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकपका लागि चोटका कारण बाहिरिएका दक्षिण अफ्रिकाका अलराउण्डर ड्वेन प्रिटोरियसको स्थानमा अर्का अलराउन्डर मार्को जानसन समावेश भएका छन् ।
दक्षिण अफ्रिकाका अलराउण्डर ड्वेन प्रिटोरियसले भारतविरुद्धको टी–ट्वान्टी सिरिजका क्रममा चोट बोकेका थिए ।
केही वर्ष यता दक्षिण अफ्रिकाका लागि ब्याट र बल दुवैबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रिटोरियस भारतविरुद्धको सिरिजका क्रममा बायाँ हातको औंला भाँचिएको थियो ।
यसैबीच, लिजाड विलियम्सले जानसन रिजर्भका लागि बोलाइएको छ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।
दक्षिण अफ्रिकाले पहिलो राउन्डको समूह 'बी' को बिजेतासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।