काठमाडौं । त्रिदेशीय टी-ट्वान्टी सिरिज अन्तर्गत पाँचौ खेलमा घरेलु टोली न्युजिल्याण्डले बंगलादेशलाई हराएको छ ।
क्राइसचर्चमा बुधबार न्युजिल्याण्डले बंगलादेशलाई ४८ रनले हराएको हो ।
घरेलु टोलीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ६० रन बनायो ।
बंगलादेशका लागि कप्तान शकिब अल हसनले ७० रनको अर्धशतकीय ईनिङ खेले । सौम्य सरकार र लिटोन दासले समान २३/२३ रन बनाए । नजमुल हसन शान्तोले ११ तथा मोसडेक होसेनले ८ रन बनाए ।

न्युजिल्याण्डका लागि एडम मिलले ३ तथा कप्तान टिम साउदी र मिचेल ब्राकवेलले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो ।
घरेलु टोलीका लागि डेभन कन्वे र ग्लेन फिलिप्सले अर्धशतकीय ईनिङ खेले । कन्वेले ६४ तथा फिलिप्सले ६० रन बनाए । मार्टिन गप्टिलले ३४ तथा फिना एलेनले ३२ रन बनाए ।
बंगलादेशका लागि ईबाडोट होसाईन र मोहम्मद सफुदिनले समान २/२ तथा सरिफुल ईस्लामले १ विकेट लिए ।
त्रिदेशीय सिरिजमा न्युजिल्याण्डको यो लगातार तेस्रो जित हो । बंगलादेशको भने यो लगातार तेस्रो हार हो ।
दुई टोलीबीचको पहिलो खेलमा समेत न्युजिल्याण्डले बंगलादेशलाई हराएको थियो ।
जितसँगै न्युजिल्याण्ड सिरिजको अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । बंगलादेश भने अंक विहीन रहदै पुछारमा रहेको छ । पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।