पथरी । पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेटमा रोयल किङ र सात बाघले पहिलो जित निकालेका छन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार रोयलले मंगलबारे लिजेण्डमाथि ४ विकेटको जित निकालेको हो ।
सात बाघले क्लासिक इलाभेन हसन्दहमाथी ५ विकेटको जित निकाल्यो ।
जितसँगै रोयल र सातबाघले लिगमा २ अंक जोडेका छन् ।
पहिलो खेलमा मंगलबारेले दिएको १५६ रनको लक्ष्यलाई रोयलले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
रोयलका लागी महेश कार्कीले अर्धशतकीय इनिङ खेले । उनी ५७ रन बनाएर आउट भए । पाबेल राई अर्धशतक बनाउन चुके । राई ४६ रन बनाउदै आउट हुदा दिपेश श्रेष्ठले १६ रन बनाए ।
मंगलबारेका लागी मिलन अधिकारीले २ विकेट लिए भने राकेश दाहाल,अभिषेक बिक र रोहन गहतराजले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मंगलबारेका योगेश श्रेष्ठले ५६ रन बनाए पनि टिमका जित हुन सकेन । निकेश बस्नेतले ४३ र दिपक राईले २४ रन बनाए ।
रोयलका लागी बिश्व बस्नेत र भुपेन राईले २/२ विजेत लिए भने दिपेश श्रेष्ठले १ बिकेट लिए । महेश कार्की म्यान अफ दि म्याच भए ।
दोश्रो खेलमा क्लासिक इलाभेनले दिएको १०९ रनको लक्ष्य सातबाघले १५ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागी निधित राईले ४४ र रहर लामाले २२ रनको योगदान गरे । केलिन राई १७ रन बनाएर आउट भए ।
हसहन्दका बुद्ध आलेले २ सोलोमन राई र संजिव धिमालले १/१ विकेट लिए ।
त्यस अघि ब्याटिङ गरेको हसहन्दका सोलोमन राईले ३५ र संजिव राईले २९ रनको योगदान गरे ।
सात बाघका केलिन राई र दिपेश भण्डारीले २/२ विकेट लिदा दिप सुबेदी र अस्बिन महतका नाममा १/१ विकेट रह्यो । खेलको म्यान अफ दि म्याच निधित राई घोषित भए ।