काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित हात पारेको छ ।
राचीँमा आइतबार भएको खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले हराएको हो ।
जितसँगै तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी बनाएको छ ।
दक्षिण अफ्रीकाले दिएको २ सय ७९ रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि श्रेयस एयरले १ सय १३ रनको शतकीय इनिङ खेले । ईशान किशनले ९३ अर्धशतकीय इनिङ खेले । सन्जु सामसनले अविजित २९ रन बनाए।
दक्षिण अफ्रीकाका फोर्टून, वायन प्रनिल र कागिसो राबडाले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि एडम मार्क्रम तथा रिजा हेनरिकले अर्धशतकीय इनिङ खेले । मार्क्रमले ७९ र हेनरिकले ७४ रन बनाए ।
डेबिड मिलरले अविजित ३५ रन बनाउँदा हेन्रिच क्लासेनले ३० रन बनाए । जानेमन मालनले २५ तथा वायन प्रनिलले १६ रन जोडे ।
भारतका लागि मोहम्मद सिराजले ३ तथा शार्दुल ठाकुर,कुलदिप यादव,शाहबाज अहमद र वासिङ्गटन सुन्दरले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल मंगलबार हुनेछ ।