काठमाडौं । पाहुना टोली इंग्ल्यान्डले पहिलो टी-ट्वान्टीमा अष्ट्रेलियालाई हराएको छ ।
पर्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा इंग्ल्यान्ड ८ रनले विजयी भएको हो ।
जितसँगै इंग्ल्यान्डले ३ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ ।
पाहुना टोलीले दिएको २ सय ९ रनको लक्ष्य पट्याएको घरेलु टोलीले २० ओभरमा ९ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।
घरेलु टोलीका लागि डेबिड वार्नरले ७३ रनको अर्धशतकीय ईनिङ खेले । मिचेल मार्शले ३६ तथा मार्कस स्टोईनसले ३५ रन बनाए । म्याथ्यु बेडले २१ तथा कप्तान आरोन फिन्चले १२ रन बनाए ।

पाहुना टोलीका लागि मार्क उडले ३ तथा रिच टोप्ले र साम करनले २/२ विकेट लिए । आदिल रसिदले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । उसका लागि एलेक्स हेल्सले ८४ तथा कप्तान जोस बटलरले ६८ रन बनाएका थिए ।
क्रिस वोक्सले अविजित १३ तथा ह्यारी ब्रुक्सले १२ रन बनाएका थिए । मोईन अलिले १० तथा बेन स्टोक्सले ९ रन बनाए।
अष्ट्रेलियाका लागि नेथन एलिसले ३ तथा डेनियल साम्स,मार्कस स्टोईनस र केन रिचर्डसनले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको दोस्रो खेल बुधबार रहेको छ ।
