काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले लगातार दोस्रो जित निकालेको छ ।
शार्कले दोस्रो जित निकाल्ने क्रममा आइतबार हैदराबाद हन्टरलाई ५ विकेटले पराजित गरेको हो ।
पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा भएको खेलमा हन्टरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको शार्कले १९.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
शार्कको जितमा शाम्लि हुसाईनले ८७ रनको अर्धशतकिय ईनिङ खेले । अराफात मिनासले ४० तथा साद मसोदले २० रन बनाए । लुका बेकिस्टईनले १२ तथा डानियल ईब्राहिमले ९ रन बनाए ।
हन्टरका अलि नासिरले २ तथा मोहम्मद जुवाईरले समान २/२ विकेट लिए । मुनिद वासिफले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको हन्टरले २० ओधरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । हन्टरका सनद बाईज तथा अर्वाज खानले अर्धशतकिय ईनिङ खेले ।
बाईजले ६४ तथा खानले ६१ रन बनाए । हसन ईकवालले अविजित १८ तथा मुनिब वासिफले १३ रन बनाए । मोईज रानाले अविजित १२ तथा आफाक खानले ४ रन बनाए । शार्कका लागि साद मोसदले ३ तथा अराफात मिनासले १ विकेट लिए ।
यस खेल कुशलले भने खेलेका थिएनन् । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।