काठमाडौं । त्रिदेशीय टी-ट्वान्टी सिरिज अन्तर्गत तेस्रो खेलमा न्युजिल्याण्डले बंगलादेशलाई हराएको छ ।
क्राइसचर्चमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो ।
बंगलादेशले दिएको १ सय ३८ रनको लक्ष्य न्युजिल्याण्डले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्याण्डको जितमा डेभोन कन्वेले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ खेले । कप्तान केन विलियम्सले ३० तथा ग्लेन फिलिप्सले अविजित २३ रन बनाए । फिन एलेनले १६ रन बनाए ।
बंगलादेशका लागि हसन मुहमद र सरिफुल इस्लामले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुम्मयेर १ सय ३७ रन जोडेको थियो ।

बंगलादेशका लागि नजमल हसन शान्तोले ३३ तथा नुरुल हसनले २५ रन बनाए । आफिफ होसेनले २४ तथा कप्तान साकिब अल हसनले १६ तथा लिन्टन दासले १५ रन बनाए ।
न्युजिल्याण्डका लागि मिचेल ब्राकवेल, ईश सोधि ,ट्रेन्ट बोल्ट , टिम साउदीले समान २/२ विकेट लिए ।
त्रिदेशीय सिरिजमा न्युजिल्याण्डको यो पहिलो जित हो । पहिलो खेलमा न्युजिल्याण्ड पाकिस्तानसँग पराजित भएको थियो ।