काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले आफ्नो दोस्रो खेल आज आईतबार खेल्दैछ ।
शार्कको दोस्रो खेल हैदराबाद हन्टरसँग नेपाली समयअनुसार दिउँसो २:१५ मा रहेको छ । खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुनेछ ।
शार्क लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा शार्कले रावलपिण्डी राईडर्सलाई पराजित गरेको थियो।
यता, हैदराबाद भने दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो जितसँगै शार्क अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।