काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले जित निकालेको छ ।
शार्कले आफ्नो पहिलो खेलमा रावलपिण्डी राईडर्सलाई ३४ रनले पराजित गरेको हो ।
शनिबार पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा भएको खेलमा शार्क दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको राईडर्स १९ ओभरमा १ सय १६ रनमा अलआउट भयो ।
राईडर्सका लागि आसिर मुगालले २६ तथा वाहाव रियाजले २३ रन बनाए । आमिर हसनले १२ तथा जिउल्लाहले १० रन बनाए ।
शार्कका लागि मोहम्मद सोहेब ३ तथा अराफत मिनास,मोमिन क्वामर र लुका बेकिस्टईनले समान २/२ विकेट लिए । मोहम्मद इस्मेलले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको शार्कले २० ओधरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
शार्कका लागि अराफात मिहासले अविजित ४० तथा लुका बेकिस्टईनले ३३ रन बनाए । साद मसुदले २२ तथा शाम्ले हुसेन र जोशेफ एकलेण्डले समान १५/१५ तथा हसिब नजिबले ११ रन बनाए ।
राईडर्सका लागि आफनाम खानले ३ तथा अमिर हसन र उस्मान खानले समान १/१ विकेट लिए ।
यस खेल कुशलले भने खेलेका थिएनन् ।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो ।
यस लिगमा विश्वका यू-१९ टिमका खेलाडीले खेल्ने छन् । प्रतियोगितामा कुल १९ खेल हुनेछ । यस लिगको फाइनल खेल २१ अक्टोबरमा रहेको छ ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।